अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट, नेपालमा के होला ?

७ कार्तिक २०८२, शुक्रबार १८:१३

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट आउनेक्रम जारी छ। शुक्रबार स्पट गोल्ड १।५ प्रतिशतले घटेर प्रति औन्स ४ हजार ६३ डलरमा पुगेको छ। यस साता सुनको मूल्य ४।३ प्रतिशतले घटेको छ, जुन नोभेम्बर २०२४ यताकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा कात्तिक ३ गतेदेखि सार्वजनिक बिदा भएका कारण सुनको नयाँ मूल्य तोकेको छैन। सो समय सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रूपैयाँ कायम गरिएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको ठूलो गिरावट र सुरक्षित लगानीको मागमा कमी आएका कारण नेपालमा सुनको मूल्य आइतबार करिब १५ देखी १८ हजार रूपैयाँभन्दा बढी घट्ने अनुमान गरिएको छ। बजार स्थिर नभए अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य घटबढको असर नेपालमा देखिने छ।

विश्व बजारमा सुनको मूल्य गत मंगलबार एकैदिन करिब ६।३ प्रतिशतले घट्दा यो १२ वर्षयताकै सबैभन्दा ठूलो दैनिक गिरावटको रूपमा दर्ज भएको थियो। निरन्तर रेकर्ड तोड्दै बढिरहेको सुनको मूल्य तिहारको मध्यमा आइपुग्दा ऐतिहासिक रूपमा घटेको हो।

विश्लेषकहरूले मूल्य घट्नका तीन प्रमुख कारणहरू उल्लेख गरेका छन्। पहिलो, अमेरिकी डलरमा पुनरुत्थानका संकेत देखिनुस दोस्रो, अमेरिका(चीनबीच व्यापारिक तनाव घट्ने सम्भावना, र तेस्रो, लगानीकर्ताहरूले उच्च मूल्यबाट मुनाफा सुरक्षित गर्न थाल्नु।

यसअघि लगातार दुई महिनाभित्र सुनको मूल्य २५ प्रतिशतले वृद्धि भएको थियो। सुनको गिरावटलाई ‘ढिलो आएको तर अपरिहार्य सुधार’को रूपमा पनि व्याख्या गरिएको छ।

सुनसँगै अन्य बहुमूल्य धातुहरूको मूल्य पनि घटेको छ। अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले चीनसँग व्यापार सम्झौता नजिकिएको संकेत दिनु र विश्व बजारमा सरकारी ऋण नियन्त्रण तथा ब्याजदर वृद्धिको अपेक्षाले पनि सुनको माग घटाएको बताइएको छ।

गत केही महिनायता सुनको मूल्य बढ्नुमा विश्वका केन्द्रीय बैंकहरूको भूमिकासमेत महत्वपूर्ण रहेको छ। धेरै देशहरूले डलरको विकल्पका रूपमा सुन किनेर भण्डारण बढाएका छन्। सेप्टेम्बर महिनामा मात्र सुनमा आधारित एक्सचेन्ज(ट्रेडेड फन्डहरूमा २६ अर्ब डलरभन्दा बढी नयाँ लगानी आएको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*