नेपाल पुनर्बीमा र युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार, कुनको कति ?

९ कार्तिक २०८२, आईतवार १५:०९

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेतापनि कारोबार निकै न्यून रहेको छ । आज विभिन्न ३१३ वटा कम्पनीहरुको ५५ लाख ९६ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ दुई अर्ब ६६ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको आइतबार सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । आइतबार युनियन हाइड्रोपावरको १८ करोड ७० लाख रुपैयाँ, हिमालयन पावर पार्टनरको १० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*