स्वास्थ्य र खेलकुद मन्त्रीद्वारा पदभार ग्रहण, के गरे पहिलो निर्णय ?

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहणसँगै पहिलो निर्णय सार्वजनिक गरेका छन्। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक प्रत्यक्ष प्रशारण (लाइभ) गर्ने निर्णय लिएका छन्। आइतबार मन्त्री नियुक्त भएपछि पदभार ग्रहणका क्रममा उनले यो निर्णय गरेका हुन्।
यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले पनि पदभार ग्रहणसँगै पहिलो निर्णयका रूपमा जेनजी आन्दोलनबाट प्रभावित घाइतेसहित सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन्। मन्त्री शर्माले आइतबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी थिइन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री र डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेका थिए।













