कालीकोटमा बस दुर्घटना, एकको मृत्यु दुई जना घाइते

१० कार्तिक २०८२, सोमबार ११:०९

काठमाडौं । कर्णाली राजमार्गमा पर्ने कालीकोटको खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा बस दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन्।

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १११५ नम्बरको बस सेरीघाट पुल नजिकैको मोडमा अनियन्त्रित भएर दुर्टनामा भएको हो। दुर्घटनामा परी ३ जना घाइते भएकोमा तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल कालीकोटमा उपचारका लागि पठाइएकोमा एक जनाको उपचारको क्रममा ज्यान गएको हो।

ज्यान गुमाउनेमा जुम्लाको हिमा गाउँपालिका–४ बस्ने १९ वर्षीय अर्जुन बुढा रहेका छन्। घाइते हुनेमा जुम्लाको सिंजा गाउँपालिका–५ कि २३ वर्षीया रन्जिता रोकाया र उनकै पाँच वर्षीय छोरा उपेन्द्र रोकाया रहेका छन्। बसमा कुल २४ जना यात्रु सवार रहेकोमा अन्य सबै यात्रुहरू भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*