जेन–जी आन्दोलनमा सहिद भएका ५३ जनाका परिवारलाई ८ करोड राहत वितरण

१० कार्तिक २०८२, सोमबार १३:४९

काठमाडौं । जेन–जी आन्दोलनका ज्यान गुमाएका ५३ जनाको परिवारलाई राहत उपलब्ध गराएको छ । सरकारले प्रत्येक परिवारलाई १५ लाख रुपैयाँका दरले राहत वितरण गरिएको हो।

गृह मन्त्रालयका अनुसार अर्थ मन्त्रालयले राहतका लागि ७ करोड ९५ लाख रुपैयाँ उपलब्ध गराएको छ। सरकारले कारागारबाट भाग्न खोज्दा सुरक्षाकर्मीको गोली प्रहारबाट मारिएका कैदीबन्दी वा थुनुवा र शवको पहिचान नखुलेकालाई राहत उपलब्ध नगराइएको जनाएको छ ।

गृह मन्त्रालयको पत्रबमोजिम जेन–जी आन्दोलनमा मारिएका ५३ जनाका परिवारलाई ‘सहिद सरह’ राहत उपलब्ध गराइएको हो। तीमध्ये २३ भदौको प्रदर्शनमा प्रहरीको गोली प्रहारबाट ज्यान गुमाएका, उपचारका क्रममा मृत्यु भएकासहित २४ भदौमा फैलिएको हिंसात्मक प्रदर्शनमा मारिएका परिवारहरू पर्छन्।

गृह मन्त्रालयका अनुसार, पहिचान नखुलेका बाँकी मृतकमध्ये कसैको आन्दोलनकै क्रममा ज्यान गएको हो भन्ने खुलेमा त्यसबेला उचित निर्णय गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*