देशभर वर्षा-हिमपातको जोखिम बढ्यो, मौसम विभागले जारी गर्‍यो यस्तो सूचना

१० कार्तिक २०८२, सोमबार १३:४५

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै आगामी दुई दिन देशभर वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले रातिदेखि बुधबार बिहानसम्म देशका विभिन्न भागमा मौसम प्रभावित हुने छ।

बुलेटिनअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ भने केही एक–दुई स्थानमा भारी हिमपातको पनि जोखिम छ।

विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने वा बसोबास गर्ने व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्ने बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*