आफ्नै १७ वर्षीय छोरोको हत्या अभियोगमा बाबु पक्राउ
११ कार्तिक २०८२, मंगलवार ०९:०६

काठमाडौं । पाँचथरमा प्रहरीले आफ्नै १७ वर्षीय छोरो सफल लिम्बूको हत्या गरेको अभियोगमा बाबुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सफल लिम्बूको आफ्नै बाबु नाता पर्ने मिक्लाजुङ गाउँपालिका वडा नम्बर–८ भदौरे बस्ने ५२ वर्षीय बखत सिंह लिम्बू रहेका छन्।
उनले आफ्नै घर नजिकैको बारीमा भरूवा बन्दुकले प्रहार गर्दा छोरो सफलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटनाको खबर पाउनासाथ अस्थायी प्रहरी पोष्ट दुर्दिम्बाबाट खटिएको प्रहरीको टोलीले उनलाई भरूवा बन्दुक सहित आइतबार पक्राउ गरेको हो।
प्रहरीले बाबु बखत सिंह लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिएको छ।













