धौलागिरी लघुवित्तमा ठूलो संख्यामा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

११ कार्तिक २०८२, मंगलवार ०९:२४

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले व्यवस्थापकीय श्रेणी (एघारौं तहदेखि) सहायक श्रेणीसम्मका पदहरूमा कर्मचारी माग गरेको हो।

कम्पनीले बरिष्ठ प्रबन्धक, बरिष्ट अधिकृत/अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत (अनुगमन प्रमुख), सूपरभाईजर/बरिष्ठ सहायक (शाखा प्रमुख), सहायक, क. सहायक र प्रशिक्षार्थी पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो।

सम्बन्धित पदहरूका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले आवश्यक कागजात सहित कम्पनीको आधिकारिक बेवसाइटको ‘करियर’ पोर्टलमा बुझाउनु पर्नेछ। आवेदन आगामी १५ दिनभित्र बुझाइसक्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*