सिटी होटलका संस्थापक शेयरधनी कुमुद गोल्याणले ६ लाख ५० हजार कित्ता शेयर बेच्ने

१ मंसिर २०८३, मंगलवार १४:०७

काठमाडौं । सिटी होटल लिमिटेडका संस्थापक शेयरधनी कुमुद गोल्याणले आफ्नो स्वामित्वमा रहेको ६ लाख ५० हजार कित्ता शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका अनुसार गोल्याणले नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशनअनुसार उक्त शेयर बिक्री गर्ने आशयसहित कम्पनीमा निवेदन दिएका हुन् ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का बेला कायम रहेका आधारभूत शेयरधनीले लकइन अवधि समाप्त भएपछि आफूले धारण गरेको कुल शेयरको १५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्न चाहेमा कम्तीमा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार गोल्याणले ६ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*