गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकीले दिए राजीनामा, कल्पना खापुङ नयाँ अध्यक्षमा चयन

११ कार्तिक २०८२, मंगलवार ११:०३

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले व्यक्तिगत कारण देखाउँदै सञ्चालक समितिको अध्यक्ष तथा सदस्य दुवै पदबाट राजिनामा दिएका छन्।

बुढाथोकीले असोज ९ गते दिएको राजिनामा कात्तिक ११ गते मंगलबार बसेको सञ्चालक समितिको ५३२औं बैठकले स्वीकृत गरेको हो। उक्त निर्णय अनुसार बुढाथोकीको राजिनामा सोही मितिदेखि लागू हुने गरी स्वीकृत गरिएको छ।

राजिनामा स्वीकृतिसँगै रिक्त बनेको सञ्चालक समितिको अध्यक्ष पदमा सोही बैठकले संस्थापक सञ्चालक कल्पना खापुङलाई सर्वसम्मत निर्णयमार्फत नयाँ अध्यक्षका रूपमा चयन गरेको छ। खापुङको नियुक्ति पनि कात्तिक ११ गतेदेखि लागू हुने निर्णय गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*