राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री ताकाइचीबीच खनिज सम्झौतामा हस्ताक्षर

११ कार्तिक २०८२, मंगलवार ११:४७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सनेई ताकाइचीले दुईवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताले दुई देशबीचको सम्बन्धलाई नयाँ ‘स्वर्ण युग’ मा प्रवेश गराउने र अमेरिकालाई आवश्यक पर्ने दुर्लभ खनिजको आपूर्ति सुनिश्चित गर्ने गरी सम्झौता गरिएको जापान टुडेले जनाएको छ ।

पहिलो सम्झौताले दुई देशबीचको पुरानो मित्रतालाई अझ बलियो बनाउनेमा जोड दिएको छ भने दोस्रो सम्झौता दुर्लभ खनिजको आपूर्ति सुनिश्चित गर्न केन्द्रित छ ।

यो सम्झौता अमेरिकाका लागि रणनीतिक रूपमा निकै महत्वपूर्ण छ । यसअघि राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमा भन्सार शुल्क (ट्यारिफ) लगाएर दबाब दिन थालेपछि चीनले जवाफमा अमेरिकालाई दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएको थियो।

यी खनिजहरू अमेरिकाको रक्षा तथा हवाई उपकरण निर्माणका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छन्। जापानसँगको यो सम्झौतालाई चीनको प्रतिबन्धको विकल्प खोज्ने अमेरिकी प्रयासको रूपमा हेरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*