झापामा रात्रिबस पल्टिंदा १९ जना घाइते

११ कार्तिक २०८२, मंगलवार १२:०४

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–१० माईधार चोकमा मंगलबार बिहान रात्रिबस पल्टिंदा चालक सहित १९ जना घाइते भएका छन्।

रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको रात्रिबस अनियन्त्रित भई सडकबाट करीब १० मिटर तल पल्टिएर दुर्घटना भएको हो।

उक्त बसमा कुल २५ जना यात्रु सवार रहेकोमा १९ जना दुर्घटनामा परी घाइते भएका हुन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

घाइते हुनेमा अधिकांश रामेछाप मन्थली र झापाका यात्रुहरू रहेका छन् भने सबैजना खतरामुक्त अवस्थामा छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*