फेरी घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कति पुग्यो ?
१२ कार्तिक २०८२, बुधबार १०:५०

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९६५ रुपैयाँ पुगेको छ ।













