माछापुच्छ्रे बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

१२ कार्तिक २०८२, बुधबार १३:१०

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको असोज १० गते सम्पन्न २७औं वार्षिक साधारणसभाले पारित गरेको ४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ।

बैंकले उक्त साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ गत भदौ २६ गते बुक क्लोज गरेकाले सोको अघिल्लो दिनसम्म नेप्सेमा कायम शेयरधनीहरूको खातामा नगद लाभांश पठाइएको बैंकले जानकारी दिएको छ। साथै बैंकले शेयर प्रमाणपत्रहरू अभौतिकीकरण नगरेका र डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीहरूलाई यसाशीघ्र गर्न पनि बैंकले आग्रह गरेको छ।

त्यस्तै शेयर धितो राखेर कर्जा लिएका शेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट एनओसी पत्र प्राप्त भएपछि मात्रै शेयरधनीको बैंक खातामा लाभांश पठाइने सूचनामा उल्लेख गरिएको छ। बैंकको साधारणसभाले आफ्ना शेयरधनीहरूलाई ४ प्रतिशत नगद लाभांशका साथै ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*