सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

१२ कार्तिक २०८२, बुधबार १३:५८

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १ः४५ बजे सम्माननीय प्रधानमन्त्री सुशिला कार्कीको अध्यक्षतामा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ।

बैठकमा अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनाल, गृह मन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल कुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, कृषि तथा पशुपन्छी विकास मन्त्री मदन प्रसाद परियार, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र मुख्य सचिव एकनारायण अर्याल सहित कुल १० जनाको उपस्थिति रहेको थियो।

बैठकमा राष्ट्रिय विकास, मन्त्रालयगत कार्ययोजना, नीति निर्माण तथा समसामयिक विषयहरूमा छलफल गरिएको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*