यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

१२ कार्तिक २०८२, बुधबार १६:३६

काठमाडौं । राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माग ११ गते हुने भएको छ ।

बुधबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सदस्यमा रिक्त रहेको सदस्य पदको निर्वाचनको मिति तय गरेको हो ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ?

नेपाल र मोरिससबिच भएको दोहोरो करमुक्ति सम्झौता अन्त्य गर्ने निर्णय भएको छ ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०७३ को अनुसुचि २ मा हेरफेर गर्ने निर्णय भएको छ । यसमा स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको हो ।

राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गतेआईतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय भएको छ ।

कतारको दोहामाआयोजना हुने सेकेन्ड वल्ड समिट फर सोसल डेभलपमेन्ट विषय कार्यक्रममा सहभागी हुन सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ ।

छापाखाना र प्रकाशनसम्बन्धि दोस्रो संशोधन नियमावली २०८२ स्विकृत गर्ने निर्णय भएको छ । यस अन्तर्गत अवअनलाइनको दर्ता र नविकरण यो स्विकृत गर्ने निर्णय भएसँगै राजपत्रमा प्रकाशित भएपछि लागुहुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*