एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

१२ कार्तिक २०८२, बुधबार १७:५४

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा सम्पन्न भएको छ ।

उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गरेको छ ।

आर्थिक वर्ष२०८२/८३ को लागि जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २४ गते एक दिन बुक क्लोज गरिसकेको थियो। यसर्थ असोज २३ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*