बैतडीमा जीप दुर्घटना, एकको मृत्यु चार जना घाइते

१३ कार्तिक २०८२, बिहीबार ०७:४६

काठमाडौं । बैतडीमा जीप सडकबाट करीब १० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् भने अन्य ४ जना घाइते भएका छन्।

से १ ज ७३२ नम्बरको उक्त बोलेरो जीप शिवनाथ धामको मेलाबाट फर्किने क्रममा मेलौली नगरपालिका–७ स्वाखानीमा सडकबाट खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा परी मेलौली नगरपालिका–२ दुर्गास्थान स्वाडिकी २४ वर्षीय तुलसी पाण्डेयको उपचारको क्रममा ज्यान गएको हो।

दुर्घटनामा परी घाइते हुनेमा जीपका चालक दशरथचन्द नगरपालिका–७ सुर्कालका ३२ वर्षीय जनकराज बडु, मेलौली–२ का ६५ वर्षीय डम्बर पाण्डेय र उनका २ छोराहरू ३४ वर्षीय हरि पाण्डेय र २८ वर्षीय ओमप्रकाश पाण्डेय रहेका छन्। चालक बाहेक मृतक र घाइते एकै परिवारका रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*