गृहमन्त्री हटाउने हल्लाबारे प्रधानमन्त्रीको चासोः ‘दबाब र प्रभावमा निर्णय फेरिंदैन’

१३ कार्तिक २०८२, बिहीबार १०:२९

काठमाडौं । विगत केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौंका मेयर बालेनले दबाब दिएको हल्लाबारे प्रधानमन्त्री कार्यालयले खण्डन गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हाटाउन काठमाडौंका मेयर बालेनले दबाब दिएको हल्लाबारे प्रधानमन्त्री कार्कीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्माननीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुसार वर्तमान सरकार गठन भएको यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि अहोरात्र खटिइरहेको समेत उल्लेख गरिएको छ।

‘यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ।’ विज्ञप्तिको अन्त्यमा भनिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*