राष्ट्रपतिसमक्ष समावेशी आयोगको प्रतिवेदन पेश

१३ कार्तिक २०८२, बिहीबार १३:०७

काठमाडौं । राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ । आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीको नेतृत्वमा आज शीतल निवास पुगेको टोलीले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएको हो ।

आयोगले संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*