चितवनमा २ यात्रुबस र ट्रक ठोक्किंदा ३३ जना घाइते

१४ कार्तिक २०८२, शुक्रबार ०७:३३

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ स्थित टिकोली जंगलमा गएराति करीब १ बजेर ४५ मिनेटमा २ वटा यात्रुबाहक बस र ट्रक ठोक्किंदा ३३ जना घाइते भएका छन्।

इट्टा लोक गरेर पार्किङ गरी राखिएको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन बस र जनकपुरबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष बस ठोक्किएको हो।

दुर्घटनापछि बस सडकमा पल्टिएर बाटो अवरुद्ध भएको थियो। सशस्त्र प्रहरीको टोलीले घाइतेको उद्धार गरी अस्पतालमा उपचारका लागि पुर्याएको छ भने बिहान करीब ३ बजेबाट बाटो एकतर्फी रूपमा सुचारु गरेको छ।

घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको हो। जसमध्ये ८ जनाको अवस्था मध्यम र बाँकी २५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*