अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम, नहटाए कारबाही गरिने

१४ कार्तिक २०८२, शुक्रबार ०८:१९

काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले एक सूचना जारी गर्दै अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम दिएको छ।

महानगरपालिका र प्राधिकरणको असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्ने निर्णय गरेको हो।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए/गरेका कार्यहरू ७ (सात) दिनभित्र हटाइ सहयोग गरिदिनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।’ सूचनामा भनिएको छ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने यसै सूचनाद्वारा जानकारी गराइन्छ।’ सूचनाको अन्त्यमा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*