धनकुटामा बस पल्टियो, एक जना घाइते

१४ कार्तिक २०८२, शुक्रबार ११:१३

काठमाडौं । कोशी लोकमार्ग अन्तर्गत धनकुटा जिल्लाको तीनघुम्तीमा यात्रुबाहक बस पल्टिंदा बसमा सवार एक जना यात्रु घाइते भएका छन्।

दमकबाट दिक्तेलतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करीब पौने ९ बजेको समयमा तीनघुम्तीमा पल्टिएर दुर्घटना भएको हो।

बसको पाइप अचानक पड्किएर चालकले बसमाथिको नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको बताइएको छ। दुर्घटनामा परी मोरङको लेटाङ नगरपालिका–२ निवासी ५५ वर्षीया मिना गुरुङको ढाडमा चोट लागेर घाइते भएकी हुन्।

बसमा करीब २७ जना यात्रुहरू सवार रहेकोमा अन्य यात्रुहरू भने सुरक्षित रहेका छन्। घाइते गुरुङलाई प्रहरीले उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस्पताल पुर्याएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*