आफ्नै मन्त्रीको जासुसी गर्दै गृह सचिव दंगाल

१४ कार्तिक २०८२, शुक्रबार ११:५७

काठमाडौं । सचिवले आफ्नै मन्त्रीको विभिन्न सूचनाहरु संकलन गरेर सरकार भन्दा धेरै परको समुहलाई बुझाउँछन् भनेर सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, अहिले गृहमन्त्रालयमा यस्तै भइरहेको छ ।
गृह सचिव रामेश्वर दंगालले गृहमन्त्री ओम प्रकाश अर्यालका सूचनाहरु एमालेका अध्यक्ष केपी ओली समक्ष पुर्याइरहेको विश्वस्त सूत्रहरुले जानकारी दिएको छ ।

सुत्रका अनुसार सचिव दंगालले गृहमन्त्रीका भावी योजनाहरु, भ्रष्टाचारीहरुमाथि कारवाही गर्ने, जेनजी आन्दोलनमा जनदमनमा संलग्न व्यक्तिहरुमाथि कारवाही गर्ने सम्बन्धमा भए गरेका काम कारवाहीको सम्बन्धका सूचनाहरु नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली समक्ष पुर्याउने गरेका छन् ।

सचिव दंगालको घर पनि भक्तपुरमै रहेको छ भने पूर्व प्रधानमन्त्री केपी ओली भक्तपुरकै गुण्डुस्थित एक भाडाको भरमा बस्दै आएका छन् । समय समयमा सचिव दंगाल आफै तथा विशेष सूत्रमार्फत सूचनाहरु पूर्व प्रधानमन्त्री केपी ओली समक्ष पुर्याउने गरेका छन् ।

गृहमन्त्री अर्याल निकट स्रोतले सूचना चुहिने गरेको स्वीकार गरेपनि कसले र कहाँ कहाँ सूचना पुर्याइरहेको छ भने स्पष्ट नभएको तथ्य स्वीकार गर्दछन् ।

एमाले निकट दंगाल यसअघि पूर्व प्रधानमन्त्री ओलीकै आशिर्वादका कारण अख्तियारमा सचिव भएर काम गरिरहेका थिए । दंगालकै सहयोगमा अख्तियारले एमाले फुटाउने माधव नेपालका विरुद्धमा बिशेष अदालतमा मुद्दा दायर भएको थियो ।

गत कार्तिक ९ गते गृहमन्त्रालयबाट गरिएको ३६ जना सिडियोहरुको सरुवामा समेत सचिव दंगालले गृहमन्त्री अर्याललाई राम्रोसँग फसाउन भ्याएको चर्चा गृहमन्त्रालयमा चलिरहेको छ । सिडिओहरुको सरुवाको क्रममा मालदार ठाउँमा सबै एमाले निकटलाई सरुवा गरिएको छ भने कांग्रेस निकटलाई दुर दराजमा पारिएको छ ।

पछिल्लो समय गृहमन्त्री अर्यालका विरुद्धमा केही तत्वहरुले चलखेल गरिरहेका छन् । भर्खरै नियुक्त भएर काम गरिरहेका गृहमन्त्रीका विरुद्धमा सचिवकै तहबाट सूचना चुहिन थालेपछि आगामी दिनमा मन्त्री अर्याललाई थप अप्ठेरो पर्ने देखिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*