महिलाले दोस्रो विवाह गर्न नपाउने, गरेकाहरूको स्वतः बदर (हेरौं सर्वाेच्चको नजिर)

१४ कार्तिक २०८२, शुक्रबार १३:३२

काठमाडौं । विवाहित पुरुषले पत्निसँग सम्बन्ध विच्छेद नहुँदै दोस्रो विवाह स्वतः बदर हुने प्रावधानले वैयक्तिक स्वतन्त्रता र समानतामा आघात परेको भन्दै दायर भएको रिट सर्वाेच्च अदालतले खारेज गर्दै दोस्रो विवाह स्वतः बदर हुने नजिर स्थापित गरिदिएको हो।

अधिवक्ता मधुकुमार चौलागाईं र अनिता थापा केसीले विवाहित पुरुषले दोस्रो विवाह गर्दा त्यस्तो विवाह स्वतः बदर हुने र यसले दोस्रो विवाह गर्ने महिलाको स्वतन्त्रता र समानताको हक कुण्ठित पार्नुका साथै त्यस्तो महिलाले समाजमा यातना खेप्नु पर्ने भएकाले दोस्रो विवाह स्वतः बदर हुने व्यवस्था खारेज गर्न माग गर्दै रिट निवेदन दिएका थिए।

यस रिटमा तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको सैवैधानिक इजलासले सुनुवाई गर्दै रिट निवेदन खारेज गरिदिएको हो। उक्त रिट खारेज भएसँगै पहिलो पति वा पत्‍नीसँग सम्बन्ध विच्छेद नहुँदै गरिने अर्को विवाह पुरुषको हकमा मात्र नभई दोस्रो विवाह गर्ने महिलाको विवाह पनि स्वतः बदर हुने नजिर स्थापित भएको हो।

फैसलामा एकचोटी विहे गरिसकेपछि त्यो विवाह कायम रहँदै अर्काे विवाह गर्नुलाई स्वतन्त्रता भन्न नमिल्ने जिकिर गरिएको छ। त्यस्तै दोस्रो विवाह गर्ने महिलाको हकमा निजले जानी–जानी विवाह गरेको भए मात्रै सजाय पाउने र त्यस्तो विवाहलाई वैधानिकता दिंदा पहिले विहे गर्ने महिलाको हक कुण्ठित हुने भएकाले दोस्रो बिबाह स्वतः बदर हुनुलाई अन्यथा मान्न नहुने उल्लेख गरिएको छ।

साथै जानी–जानी विवाह गर्ने महिलाले मात्रै नभई पुरुषले पनि त्यसको सजाय पाउने र पीडित महिलाले कानूनी उपचार खोज्न सक्ने व्यवस्था भएकाले यसले समानताको हकमा आघात पुर्याएको भन्न नमिल्ने जिकिर गरिएको छ।

यदि दोस्रो विवाह स्वतः बदर नभएमा त्यस्तो विवाहले वैधानिकता पाउने र पहिलो बिहे गर्ने महिला र निजको सन्तानले समेत पारिवारिक माया ममताबाट वञ्चित हुने भन्दै स्वतः बदर हुनुलाई अन्यथा लिन नहुने फैसलामा जिकिर गरिएको छ।

हेर्नुहोस् अदालतको पूर्णपाठः

1000029448

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*