‘बञ्चरेडाँडामा अवरोधले फोहोर सङ्कलन गर्न सकिँदैन, घरमै सुरक्षित तवरले राख्न अनुरोध’

१४ कार्तिक २०८२, शुक्रबार १६:१०

काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएको भन्दै फोहोर संकलन गर्न नसकिने बताएको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जारी गरेको सूचनामा अर्को व्यवस्था नभएसम्मका लागि आ(आफ्नो घर, पसल, तथा व्यवसायबाट उत्सर्जन हुने फोहोरलाई घरमै सुरक्षित तवरले राख्न अनुरोध गरिएको छ।

पछिल्लो समय बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीय र काठमाडौं महानगरपालिकाबीच विभिन्न सहमति भए पनि त्यसको पूर्ण कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन्।

यसअघि पनि पटक–पटक यस्तै अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुँदै आएको थियो। महानगरपालिकाले समस्या समाधानका लागि पहल भइरहेको र छिट्टै फोहोर संकलनको काम सुचारु गरिने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*