बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति पुग्यो ?

१६ कार्तिक २०८२, आईतवार १०:३७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला तीन हजार ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*