नेपाल एसबिआई बैंकको अध्यक्षमा कुंचा, गर्भनरले खुवाए पद तथा गोपनीयताको शपथ

१६ कार्तिक २०८२, आईतवार १६:२९

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडका संचालक समिति अध्यक्ष वेंकट वंसीधर कुंचाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले आज बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा कुंचालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नेपाल एसबिआई बैंकको संचालक समितिको कात्तिक १४ गते बसेको ५३६औँ बैठकले स्टेट बैंक अफ इण्डियाबाट प्रतिनिधित्व गर्दै आएका कुंचालाई सर्वसम्मतिपूर्वक अध्यक्षमा चयन गरेको थियो । कुंचा हाल एस.बी.आई.को मुम्बईस्थित प्रधान कार्यालयमा अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकका रूपमा कार्यरत छन् । उनले एस.बी.आई.को २९ देशमा फैलिएको अन्तर्राष्ट्रिय व्यवसाय र सम्बन्धित व्यवस्थापनको नेतृत्व गर्दै आएका छन् ।

सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, कार्यकारी निर्देशक (का.मु.) राजन विक्रम थापा, निर्देशकहरू राजेन्द्र भट्टराई, ईश्वरी प्रसाद भट्टराई र शरण कुमार अधिकारीको उपस्थिति रहेको थियो ।

त्यस्तै, नेपाल एसबिआई बैंकका संचालक रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती, डा. गोपालप्रसाद भट्ट, बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, कम्पनी सचिव खगेश्वर भट्टलगायत वरिष्ठ पदाधिकारीको पनि सहभागिता थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*