राजदूत फिर्ता निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
१६ कार्तिक २०८२, आईतवार १६:३९

काठमाडौँ । सरकारले हालै दिएको राजदूत फिर्ता गर्ने निर्णयलाई सर्वोच्च अदालतले तत्काल रोकेर यथास्थितिमा राख्ने आदेश दिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
उनीहरूलाई कार्त्तिक २० गतेभित्र फर्किसक्न निर्देशन समेत दिइएको थियो। अब आदेशसँगै राजदूतहरूले सरकारले तोकेको समयभित्र फिर्ता हुनु पर्दैन।
असोज ३० गते बसेको मन्त्रिपरिषद बैठकले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको थियो।













