अफगानिस्तानमा ६.३ म्याग्निट्यूडको भूकम्प, कम्तीमा ८ जनाको मृत्यु

१७ कार्तिक २०८२, सोमबार १०:०३

काठमाडौं । अफगानिस्थानको मजार–ए–शरीफमा मध्यरातमा ६.३ म्याग्निट्यूडको भूकम्प गएको छ भने कम्तीमा ८ जनाले ज्यान गुमाएका छन्।

उक्त भूकम्पको केन्द्रविन्दु जमीनको सतहबाट २८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सम्बन्धी निकाय यूएसजीएसले जनाएको छ। उक्त भूकम्पमा परी आठ जनाले ज्यान गुमाएको र सैयौं घाइते भएको जनाइएको छ।

मजार–ए–शरीफ सहरमा पाँच लाखभन्दा धेरै मानिसहरू बसोबास गर्ने जनाइएको छ। अफगानिस्तानका सरकारी अधिकारीहरूले मानिसहरूको उद्धार र भूकम्पले पुर्याएको क्षतिको विवरण संकलन गरिरहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*