प्रहरी र सशस्त्रलाई १५६ सवारी किन्न अर्थले दियो साढे ६८ करोडको स्रोत सहमति

१७ कार्तिक २०८२, सोमबार १४:१९

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि सवारीसाधन खरिद गर्न ६८ करोड ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ। यसका लागि मन्त्रालयले स्रोत सहमति दिएको हो।

यसअनुसार नेपाल प्रहरीका लागि १०६ सवारी किन्न ४५ करोड ३० लाख थप बजेट उपलब्ध गराउन स्रोत सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। उक्त रकमबाट प्रहरीले १०० थान पिकअप र ६ थान कैदी सवारी किन्नेछ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाललाई ५० वटा सवारी किन्न अर्थले २३ करोड ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ। उक्त रकमबाट सशस्त्रले २० पिकअप, २० रिअट कन्ट्रोल भेहिकल (आरसीभी), २ एम्बुलेन्स, ३ डिजास्टर रेस्क्यू भ्यान र ५ वटा १२ वाई १२ ट्रक किन्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*