विद्युत प्राधिकरणमा पुनर्बहालीको माग गर्दै शाक्य पुगे सर्वोच्च

१७ कार्तिक २०८२, सोमबार १७:४७

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूलाई गैरकानूनी रुपमा पदबाट हटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले पुनर्बहालीको माग गर्दै आज रिट दायर गरेका हुन्।

जेन-जी आन्दोलनपछि कुलमान घिसिङ उर्जा मन्त्री भएपछि घिसिङको सिफारिसमा मन्त्रिपरिषद्को असोज ५ गतेको बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो। सो निर्णयसँगै सरकारले मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

शाक्यले सरकारले गरेका यी निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेका हुन्। उनको रिटको पेशी कार्तिक १८ गते तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*