सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गर्यो यी १३ निर्णयहरु (सूचीसहित)
१८ कार्तिक २०८२, मंगलवार १६:१३

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय सार्वजनिक गरेका हुन्। साथै जेन–जी आन्दोलनमा ज्यान गुमाएका नागरिकलाई सहिद घोषणा गर्ने लगायतका निर्णयहरु गरेको छ ।
बैठकले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका इलामका प्रभावित स्थानीय तहलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने ५ करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ भने नेपाली सेनाका १० जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ ।














