पुनर्बीमा विज्ञ आफै सिईओ, अर्बौ जोखिमको छैन पुनर्बीमा, हिमालयन एभरेष्टको दुर्गती

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी हुँदाका बखत लामो समय पुनर्बीमा विभागमा काम गर्थिन् अन्जु श्रेष्ठ । विभाग नै पुनर्बीमा भएपछि सो सम्बन्धी ज्ञान र विशेषता त हुने नै भयो । अहिले उनै अञ्जु श्रेष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीकी सिईओ बनेकी छिन् । तर, दुर्भाग्य सिईओ श्रेष्ठ आफैले अर्बौ जोखिमको पुनर्बीमा नगर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले करोडौं रुपैयाँ दावी तिर्न बाध्य हुनु परेको छ ।
जेनजी आन्दोलनको क्रममा २३ अर्ब भन्दा बढीको बीमा दावी परेको छ । सो बीमा दावी मध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा ९७ करोड १४ लाख रुपैयाँको परेको छ । कूल २७१ वटा बीमा दावीमा झण्डै एक अर्ब रुपैयाँ दावी परेपछि कम्पनीको भागमा मात्रै २० देखि ३० करोड रुपैयाँ दायित्व पर्ने देखिएको छ ।
सम्पत्ति बीमा र सवारी बीमा अन्तर्गत हुलदंगा तथा आतंकवाद बीमा अन्तर्गतको बीमा नेपाल पुनर्बीमा कम्पनीलाई सुम्पिएर बाँकी रहेको हिस्सा करिब ३५ प्रतिशतको पुनर्बीमा सिईओ श्रेष्ठले गरेकी थिईनन् । आफै पुनर्बीमा विभागमा लामो समय काम गरेकी उनले आफ्नै अर्बौ रुपैयाँको जोखिम लिएर पुनर्बीमा नगरेपछि कम्पनीमाथि अनाहकमा २५ करोड रुपैयाँको दायित्व थपिन पुगेको छ । सो जोखिम मध्ये केही करोड मात्रै पुनर्बीमा कम्पनीलाई जोखिम हस्तान्तरण गरेको भए पनि कम्पनी अहिले २५ करोड रुपैयाँको दायित्वबाट जोगिने थियो ।
डमी सिईओको रुपमा कार्यरत अञ्जुले आफूले चाहेर पनि धेरै कुराहरु स्वतन्त्रपूर्वक गर्न सकेकी छैनन् । कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले घरैबाट कम्पनी चलाउँदै आएका कारण सिईओ श्रेष्ठ छायाँमा परेकी छिन् । सिईओ श्रेष्ठले सामान्य खर्च समेत अध्यक्ष श्रेष्ठबाट अनुमति लिएर मात्रै गर्दै आएकी छिन् ।













