सप्तरीको कृषि सडक निर्माणमा भ्रष्टाचार, वडाध्यक्ष सहित ८ जना विरुद्ध मुद्दा

१९ कार्तिक २०८२, बुधबार ०९:०८

काठमाडौं । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर २ मा दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्म कृषि सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्न भएको आरोपमा कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, कृषि अर्थ विज्ञ–योजना प्रमुख विकास कुमार साह, लेखा अधिकृत (छैठौं) चक्र प्रसाद अधिकारी विरुद्ध मुद्दा चलाएको हो।

त्यसैगरी मुद्दा खेप्नेहरूमा वडाध्यक्ष जगदिश मंडल, कृषि सडक निर्माण उपभोक्ता समिति महादेव–२, कजौलीका अध्यक्ष हरि नारायण, सचिव गंगाराम यादव, कोषाध्यक्ष सावित्री देवी यादव, कृषि विकास निर्देशनालय नक्टाझिजका परामर्शदाता किरु इन्जिनियरिङ्ग कन्सल्टेन्ट प्रा.लि र सोका प्रोप्राइटर हरिश कुमार सिंह रहेका छन्।

उनीहरूले मिलेमतोमा कृषि सडक निर्माण गर्दा बदनियतपूर्वक थोरै मात्रामा काम गरी नापी किताबमा भने बढी काम गरेको देखाएर ६ लाख ९० हजार रुपैयाँ बढी भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा चलाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*