नेप्से छोडेका फुँयाल एनआरएन इन्फ्रास्ट्रकचरको सीईओ नियुक्त

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। कात्तिक १९ गते सम्पन्न सञ्चालक समिति बैठक–१५१ को निर्णय अनुसार निरञ्जन फुँयाललाई आजकै मितिदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको हो ।
फुँयाल हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कार्यरत कामु नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहँदै आएका थिए। उनले सो पदबाट राजीनामा दिई एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको नेतृत्व सम्हाल्न लागेका हुन्।
यस अघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सीइओ हेमन्त बस्याल थिए । बस्याललाई भने हाल सरकारले नेप्सेको अध्यक्ष नियुक्त गरेको छ।












