नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

१९ कार्तिक २०८२, बुधबार १५:१९

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई कात्तिक १८ देखि बैंकको प्रवक्ताका रूपमा तोकिएको छ।

पौडेलले विसं २०५८ सालमा बैंक सेवामा प्रवेश गरेका थिए। उनी बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग र बैंक सुपरिवेक्षण विभागलगायतमा कार्य अनुभवसहित रहिसकेका छन्।

हाल पौडेल मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत थिए। उनको नियुक्तिले राष्ट्र बैंकको सञ्चार र जनसम्पर्क व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*