मुक्तिनाथ कृषि कम्पनीको साधारणसभा आज, लाभांश र हकप्रद प्रस्ताव पारित गरिने

२१ कार्तिक २०८२, शुक्रबार ०६:१०

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा आज काठमाडौंको गौरीधारास्थित सिल्भर बक ब्याङ्क्वेटमा बिहान साढे ११ बजेदेखि बस्दैछ।

उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्दैछ। त्यसैगरी बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १४ गते कम्पनीको बुक क्लोज भइसकेकाले कात्तिक १३ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*