राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त

२० कार्तिक २०८२, बिहीबार १७:१५

काठमाडौ। राष्ट्रिय वाणिज्य बैंकले ‘६ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र २०८९’ को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकले एक हजारका दरले ३० लाख कित्ता बरारबर हुन आउने रकम तीन अर्ब बराबरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटललाई दिएको हो ।

आज राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा सो सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतामा वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*