एनआइसी एशिया बैंकको वित्तीय विवरणमा सुधार, नाफासँगै अधिकांश सूचकमा लोभलाग्दो प्रगति

२१ कार्तिक २०८२, शुक्रबार ०६:०२

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले वित्तीय विवरण अनुसार वित्तीय सूचांकमा सुधार आएको छ । बैंकले यस अवधिमा खुद नाफा लगायतका प्रमुख सूचांकमा सुधार ल्याएको छ ।

बैंकका तत्कालिन सीईओ रोशन न्यौपानेले राजिनामा दिएपछि सन्तोष राठीले नेतृत्व सम्हालेका थिए । उनको नेतृत्वमा बैंकले उल्लेख्य प्रगति गरेको छ ।

समीक्षा अवधिमा एनआइसी एशिया बैंकको मुनाफा गत आर्थिक वर्षको तुलनामा १०.५२ प्रतिशतले बृद्धि भएको छ । बैंकले यस अवधिमा कुल १२ करोड २१ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड पाँच लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी सामान्य अंकले घट्न पुगेको छ । असोज मसान्तसम्ममा बैंकले दुई अर्ब २८ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ५५ करोड २५ लाख रुपैयाँको ब्याज आम्दानी गरेको थियो ।

एनआइसी एशिया बैंकको सञ्चालन मुनाफा पनि बृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको सो मुनाफा ११.३० प्रतिशतले बृद्धि भएर १९ करोड ३५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १७ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

१४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआइसी एशिया बैंकको ईपीएस ३ रुपैयाँ २१ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसाँ रहेको छ । समग्र रुपमा बैंकको वित्तीय सूचांकहरुमा सुधार हुदै गएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*