ग्लोबल आइएमई बैंकको मुनाफा १ अर्ब ८५ करोड, अधिकांश सूचकमा उल्लेख्य प्रगती, कुन सूचक कस्तो ?

२१ कार्तिक २०८२, शुक्रबार ०५:५४

काठमाडौँ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफासहित अधिकांश सूचकमा बैंकले उल्लेख्य सुधार गरेको हो ।

तीन महिनाको अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २२.९१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, बैंकले खुद ब्याज आम्दानी मार्फत ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीको उक्त आम्दानी ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्मको अवधिमा बैंकको सञ्चालन नाफा १०.४३ प्रतिशतले बढेर २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त नाफा २ अर्ब १४ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँबाट बढेर ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

तीन महिनाको अवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशत रहेको छ । यता, कम्पनीको प्रतिशेयर आम्दानी १९.५१ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९.५० रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*