मुक्तिनाथ विकास बैंकको नाफा साढे २२ करोड, कस्तो छ अन्य सूचकको वित्तीय अवस्था ?

२१ कार्तिक २०८२, शुक्रबार ०९:४४

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ रहेको हो ।

कम्पनीले आर्जन गरेको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २०.२४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २८ करोड १८ लाख १९ हजार रुपैयाँ रहेको हो ।

यता, कम्पनीको खुद ब्याज आम्दानी भने ६.७३ प्रतिशतले बढेर १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४० करोड ३२ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा २०.३७ प्रतिशतले घटेर ३२ करोड ११ लाख रुपैयाँमा पुगेको छ ।

समिक्षा बैंकको इम्पेरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँबाट बढेर ५४ करोड ११ लाख रुपैयाँ, चुक्ता पूँजी ७ अर्ब ४ करोड रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित, निक्षेप संकलन १ खर्ब १४ अर्ब रुपैयाँ र कर्जा प्रवाह ९६ अर्ब ६५ करोड रुपैयाँ गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ २४ पैसा घटेर १२ रुपैयाँ ७६ पैसामा सीमति भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ २ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*