महालक्ष्मी विकास बैंकको नाफा ९ करोड ७५ लाख, अधिकांश सूचकमा चमक

२१ कार्तिक २०८२, शुक्रबार १२:३१

काठमाडौँ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ९ करोड ७५ लाख १२ हजार रुपैयाँ पुगेको हो ।

कम्पनीले आर्जन गरेको नाफा गत आर्थिक वर्र्षको सोहि अवधिको तुलनामा भने ३.४२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा बैंकका नाफा ९ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि सुधार देखिएको छ । बैंकको ब्याज अम्दानी ५.०८ प्रतिशतले बढेर ५० करोड ८९ लाख ३८ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त आम्दानी ४८ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको तीन महिनामा १३ करोड ५७ लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १८ करोड ८ लाख ४३ हजार रुपैयाँ पुराएको हो ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ४ अर्ब २९ करोड ६४ लाख ५८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३९ करोड ११ लाख ८८ हजार रुपैयाँ सञ्चिति रहेको छ ।

कम्पनीको वितरणयोग्य मुनाफा २१ करोड ४१ लाख रुपैयाँबाट बढेर ३९ करोड ११ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्मको अवधिमा बैंकको खराब कर्जा ५.५० प्रतिशत रहेको छ । यता, बैंकको प्रतिशेयर आम्दानी ९.०८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५.४३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*