एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त
२३ कार्तिक २०८२, आईतवार ०७:३१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त भएका छन्। संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार उनलाई संस्थापक समूहको प्रतिनिधि सञ्चालकका रूपमा मनोनयन गरिएको हो।
कात्तिक १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालकको पदमा नियुक्त गरेको हो। यसअघि सो पदमा सुमन थपलिया संस्थापक समूहका तर्फबाट प्रतिनिधित्व गर्दै कार्यरत थिए।
नव नियुक्त सञ्चालक दिवाकर भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन्। बैंकिङ क्षेत्रका अनुभवी व्यक्तित्व भट्टराईसँग १६ वर्षको कार्यानुभव रहेको छ। हाल उनी एनआईसी एशिया बैंकमा ‘चिफ एग्रिकल्चर एण्ड अदर कर्पाेरेट लोन्स’ को रूपमा कार्यरत छन्।













