एनएमबि लघुवित्तले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
२४ कार्तिक २०८२, सोमबार १२:२६

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै तीन पदका लागि कर्मचारी मागेको हो ।
कम्पनीले वित्त ब्यवस्थापन आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि र सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह पासदेखि स्नातकोत्तर उत्तिर्ण गरेको हुुनपर्नेछ ।
इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी मंसिर ८ गतेसम्म कम्पनीको बेवसाइट https://nmb.com.np/career मार्फत आवेदन दिन सक्नेछन् ।














