पूर्वपरराष्ट्रमन्त्री राणा र ऊर्जामन्त्री खड्काका नाममा डलर खाता दर्जनभन्दा बढी भेटियो, अन्य शीर्ष नेताको कति ?

२४ कार्तिक २०८२, सोमबार १६:०१

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनमा राष्ट्र बैंकमार्फत बैंक खाता कोलाउने क्रममा पूर्वपरराष्ट्रमन्त्री राणा र पूर्वऊर्जामन्त्री खड्काका नाममा नेपाली र विदेशी मुद्रा कारोबार गर्ने गरी खोलिएका खाता (डलर) दर्जनभन्दा बढी भेटिएको छ।

राष्ट्र बैंकका एक अधिकारीले विभागलाई बुधबार विवरण उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार पूर्वपरराष्ट्रमन्त्री राणा र पूर्वऊर्जामन्त्री खड्काका नाममा नेपाली र विदेशी मुद्रा कारोबार गर्ने गरी खोलिएका खाता दर्जनभन्दा बढी भेटिएका बीमापोष्टलाई जानकारी दिएका छन् ।

देउवा, दाहाल र ओलीका नाममा भने ३/४ वटा खाता पाइएको छ । बैंकिङ्ग कारोबारको प्रकृया भने सम्बन्धीत बैंकमार्फत नै गनुपर्ने राष्ट्र बैंकका ती अधिकारी बताँउछन् ।

यी बिषयमा अझ विस्तृतमा जानको लागि १२ असोजमै विभागको टोलीले पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको जावलाखेलस्थित निवासमा छापा मारेर कागजात तथा उपकरण नियन्त्रणमा लिएको थियो । पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको पनि बैंक खाता र डलर खाताको बिषयमा छानविन गरिदैछ ।

विभागले असोज १२ गतेृ कम्पनी रजिस्ट्रार कार्यालय र राष्ट्र बैंक तथा ३० असोजमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरिएको थियो । ‘राष्ट्र बैंकले बैंक खाताको विवरण पठाएको छ । अन्य निकायबाट केही पनि विवरण आएको छैन,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक कर्मचारीले भने ।

सार्वजनिक ओहदा दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको थियो । छानबिनको दायरामा देउवा पुत्र जयवीरसिंह पनि परेका थिए । उनको पनि बैंक खातामा विभागले डिटेल वाच गरिएको छ।

अन्य निकायले केही समय लाग्ने जानकारी दिएपनि राष्ट्र बैंकले बचत खाता कति वटा रहेको सूची भने सम्पत्ति शुद्धिकरणलाई पठाईसकेको छ। हामीले बैंकको कारोबारको लागि सम्बन्धीत बैंकमार्फत नै जानकारी लिन अनुरोध गरेर डाटा पठाइसकेको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आरोपित व्यक्तिको विवरण माग गर्दै चार निकायमा पत्राचारमध्ये हालसम्म राष्ट्र बैंकले मात्र विवरण उपलब्ध गराएको पाइएको छ। त्यसमा पनि बैंक खाता संख्या मात्र उल्लेख छ । जसमा रकम भने उल्लेख गरिएको छैन ।

जेन–जी आन्दोलनको जगमा नागरिक सरकार गठन भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शिर्ष नेताहरुको सम्पत्ति छानविनको प्रकृया अघि बढाएको सरकार यतिबेला पछाडि हटेको पाइएको छ ।

नेपालका शिर्ष नेता र तिनका नातेदारले गैरकानुनी सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको आरोप लाग्दै आए पनि अनुसन्धानको दायरामा ल्याइएको थिएन । सरकार आफनै हातमा रहेको भन्दै दम्भ देखाउदै आईरहेको शिर्ष नेताहरुको सम्पत्तिमाथि छानविनदेखि उपत्यका बाहिर र विदेशमा रोक लगाइएको थियो । हाल शेरबहादुर देउवाको दम्पत्तिलाई भने वैदेशिक यात्रामा लगाइएको रोक भने खोलिदिएको छ ।

गत २४ भदौमा प्रदर्शनकारीले पूर्वप्रधानमन्त्रीहरू देउवा र दाहाल तथा पूर्वमन्त्री खड्काको निवास आगजनी गर्दा जलेका नोटका भिडियो र तस्बिर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका थिए । विभागले देउवा, दाहाल र खड्काको घरमा पुगी मुचुल्का उठाएको थियो ।

त्यस बेला संकलित नोट लगायतका सामग्री जाँचका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो । विभागले त्यसको रिपोर्ट माग्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई १२ असोजमै पत्राचार गरेको थियो । तर ब्युरोबाट रिपोर्ट आइनसकेको विभागका एक अधिकारीले जानकारी दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*