पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको बागमति स्तरीय अधिवेशन सम्पन्न, भेलेको नेतृत्वमा २१ सदस्यीय समिति गठन

२४ कार्तिक २०८२, सोमबार १८:२५

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सले बागमति प्रदेश स्तरीय अभिकर्ता प्रशिक्षण तथा दोस्रो अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ ।

दोस्रो अधिवेशनबाट बागमति प्रदेशको अध्यक्षमा बिक्रम भेले चयन भएका छन् । उनको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरिएको संघका केन्द्रिय अध्यक्ष गणेश अधिकारीले जानकारी दिए ।

अधिवेशनले उपाध्यक्षमा राम कृष्ण कार्की र राधिका भट्टराई तथा सचिवमा देवकी श्रेष्ठ र सहसचिवमा शान्ता देवि राई, प्रल्लाद अर्याल चयन भएका छन् । साथै कोषाध्यक्षमा सावित्रा लुईटेल र सदस्यहरुमा क्रमशः उषा तामाङ, रामचन्द्र सिलवाल, भावना भण्डारी, शान्ति श्रेष्ठ, मन्दिरा सुवेदी चयन भएका छन् ।

सोही अधिवेशनले सदस्यहरुमा पवित्रा रिजाल, कृष्ण लक्ष्मी चासी श्रेष्ठ, प्रेम कुमार विश्वकर्मा, मीन कुमार घिमिरे, पवित्रा जोगी, प्रवीण श्रेष्ठ र मोति लाल तामाङ लगायत चयन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*