आरम्भ चौतारी लघुवित्तको नाफा र प्रतिशेयर आम्दानीमा उच्च गिरावट

२५ कार्तिक २०८२, मंगलवार ११:५९

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आवको पहिलो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा खुद नाफा ६१.८६ प्रतिशतले घटेको छ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आवको असोज मसान्तसम्म २ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर ८२ लाख रुपैयाँमा खुम्चिएको हो।

त्यसैगरी कम्पनीको सञ्चालन नाफा पनि ३ करोड ७ लाख रुपैयाँबाट घटेर १ करोड १७ लाख रुपैयाँमा समेटिएको छ। नाफा घटेसँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि २३.४४ रुपैयाँबाट घटेर ८.९४ रुपैयाँमा झरेको छ।

यद्यपि कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ५५ लाख रुपैयाँबाट ३० प्रतिशतले बढेर ११ करोड १३ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ९ करोड ५७ लाख रुपैयाँबाट ३० प्रतिशतले बढेर १२ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ५७ लाख रुपैयाँ र रिजर्भ कोषमा १६ करोड ५१ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको खराब कर्जा ४.२२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १५७.४३ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*