बैंकिङ क्षेत्रको व्यवसायमा आंशिक सुधारः सिद्धार्थसहित तीन बैंकको निक्षेप घट्यो, कर्जा प्रवाहमा को तगडा ?

२५ कार्तिक २०८२, मंगलवार १२:५०

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमास (साउनदेखि असोज) वाणिज्य बैंकको निक्षेप र कर्जा दुबै सामान्य बढेको देखिएको छ । कम्पनीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन ३.३४ प्रतिशतले बढ्दा कर्जा प्रवाह १.६२ प्रतिशतले बढेको देखिएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको कुल निक्षेप ६६ खर्ब अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ३.३४ प्रतिशत अर्थात् २ खर्ब १५ अर्बले बढी हो । गत आर्थिक वर्षको असोज मसान्तसम्म बैंकहरुसँग कुल ६४ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन भएको थियो ।

सर्वाधिक निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ। कम्पनीको निक्षेप ५.७४ प्रतिशतले बढेर ५ खर्ब ८२ अर्ब रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको निक्षेप ५ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो ।

दोस्रो स्थानमा रहेको नबिल बैंकको निक्षेप संकलन ६.०९ प्रतिशतले बढेर ५ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा भने बैंकको निक्षेप संकलन ४ खर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।

निक्षेप संकलन सर्वाधिक वृद्धि गर्नेमा नेपाल एसबिआई बैंक पहिलो स्थानमा रहेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा आइपुग्दा बैंकको निक्षेप संकलन गत आर्थिक वर्षको तुलनामा ६.७ प्रतिशतले बढेर २ खर्ब १२ अर्ब ९७ करोड रुपैयाँ पुगेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन ५.५३ प्रतिशतले बढेर ५ खर्ब २८ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.५५ प्रतिशतले बढेर ४ खर्ब ९३ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २.१६ प्रतिशतले बढेर ३ खर्ब ७५ अर्ब, कुमारी बैंकको १.१६ प्रतिशतले घटेर ३ खर्ब ६० अर्ब, प्रभु बैंकको ०.८७ प्रतिशतले बढेर ३ खर्ब ४५ अर्ब रुपैयाँ, नेपाल बैंकको २.५४ प्रतिशतले बढेर ३ खर्ब ४० अर्ब र एनआईसी एशिया बैंकको ५.७२ प्रतिशतले बढेर ३ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।

यता, हिमालयन बैंककको ३ खर्ब १५ अर्ब, एभरेष्ट बैंकको ३ खर्ब १३ अर्ब, कृषि विकास बैंकको ३ खर्ब ९ अर्ब, एनएमबि बैंकको २ खर्ब ९० अर्ब, सिद्धार्थ बैंकको २ खर्ब ७३ अर्ब, प्राइम बैंकको २ खर्ब ६१ अर्ब, सानिमा बैंकको २ खर्ब २७ अर्ब र सिटिजन्स बैंकको २ खर्ब १२ अर्ब, माछाच्छ्रे बैंकको १ खर्ब ९३ अर्ब र स्टान्र्डड चार्टड बैंकको १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ ।

कर्जा प्रवाह कस्को कति ?

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.६२ प्रतिशत अर्थात् ७५ खर्ब ५३ करोडले वृद्धि भई ४९ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ४६ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेको हो ।

कर्जा प्रवाहमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको कर्जा प्रवाह २.७१ प्रतिशतले बढेर कुल ४ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा भने ३ खर्ब १० अर्बको कर्जा प्रवाह गरेको थियो ।

दोस्रो नम्बरमा रहेको नबिल बैंकले ४ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको कर्जा प्रवाह २ प्रतिशतले बढी हो ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा प्रवाह १.१९ प्रतिशतले बढेर ३ खर्ब ३० अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३.०७ प्रतिशतले बढेर ३ खर्ब ३ अर्ब रहेको छ ।

यता, लक्ष्मीन सनराइज बैंकको २.६६ प्रतिशतले बढेर २ खर्ब ८२ अर्ब, कुमारी बैंकको भने ३.२४ प्रतिशतले बढेर २ खर्ब ६९ अर्ब, एनएमबि बैंकको २.४३ प्रतिशतले बढेर २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यता, हिमालयन बैंकको ०.०५ प्रतिशतले घटेर २ खर्ब ३२ अर्ब, प्रभु बैंकको ०.२१ प्रतिशतले घटेर २ खर्ब ३० अर्ब, एभरेष्ट बैंकको ६.५१ प्रतिशतले बढेर २ खर्ब २७ अर्ब, नेपाल बैंकको ०.९४ प्रतिशतले बढेर २ खर्ब २३ अर्ब, सिद्धार्थ बैंकको १.६४ प्रतिशतले बढेर २ खर्ब १७ अर्ब, प्राइम बैंकको २.१३ प्रतिशतले बढेर २ खर्ब १४ अर्ब, कृषि विकास बैंकको ०.०८ प्रतिशतले घटेर २ खर्ब १२ अर्ब, एनआईसी एशिया बैंकको ५.३१ प्रतिशतले घटेर २ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

समिक्षा अवधिसम्ममा आइपुग्दा सानिमा बैंकको कर्जा प्रवाह १ खर्ब ७७ अर्ब, सिटिजन्स बैंकको १ खर्ब ६८ अर्ब, माछापुच्छ्रे बैंकको १ खर्ब ४८ अर्ब, नेपाल एसबिआई बैंकको १ खर्ब ३८ अर्ब र स्टान्र्डड चार्टड बैंकको ७० अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*