महालक्ष्मी विकास बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा छुट

२५ कार्तिक २०८२, मंगलवार १२:२६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र दराज नेपालबीच ११.११ अभियानको लागि बैंकका ग्राहकहरूलाई विशेष छुटको सुविधाका लागि सहकार्य भएको छ। ११.११ को विश्वव्यापी रूपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरूलाई अझ विस्तार गर्दै जाने निति अनुरूप दराज नेपालसँग सहकार्य भएको हो।

यस सहकार्य अन्तर्गत कात्तिक २५ गतेदेदि मंसिर ५ गते सम्मका लागि लागू हुने गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका ग्राहकहरूले दराज नेपाल मार्फत सामान खरीद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। यसका लागि ग्राहकहरूले दराजबाट भौचर संकलन गर्नु पर्नेछ।

बैंकका अनुसार योजना अवधिभर सहभागी हुने ग्राहकहरूमध्ये पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिनेछ। यस प्रकारका समझदारीबाट ग्राहकहरूसँग डिजिटल रूपमा जोडिन, ग्राहकहरूको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड बाहकहरूले विभिन्न ट्राभल एजेन्सी मार्फत टूर प्याकेज खरीद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरीद गर्न सक्ने योजनाको शुरुवात गरेको छ। यस अन्तर्गत आफूले खरीद गरेको टूर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महीनादेखि १२ महीना सम्मको लचिलो अवधि रहने गरी मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*